१५ भदौँ, काठमाडौँ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार ११:१३ मा प्रकाशित


























