back
CTIZAN AD

सनाखत हुने समयसम्मका लागि भनेर बसेका माधव पक्षका सांसदहरु किन बाहिरिए होटेलबाट ?

वि.सं.२०७८ भदौ १५ मंगलवार

684 

shares

भदौ १५, काठमाडौं । सनाखत हुने समयसम्मका लागि भनेर बेग्लै होटेलमा बसेका माधवकुमार नेपाल पक्षीय प्रदेश १ का सांसदहरु अन्तिम समयमा भने होटेल छाडेर हिँडेका छन् । समाजवादीका १० सांसदहरुमा सोमबार बेलुकादेखि होटेलबाट बाहिरिएका हुन् ।

माधव पक्षका नेता एवं प्रदेश सांसद राजेन्द्र राईले आफुँहरु होटेलबाट बाहिरिएको जानकारी दिए । होटेलमा बसेको विषयमा एमाले पक्षका नेताहरुले अनावश्यक विवाद निकाले पछि बाहिरिएको उनले बताए ।

सांसदहरुबीच बुधबार प्रदेश निर्वाचन कार्यालयमा भेट हुने सहमति भएको उनले जनाए । यसअघि मंगलबार नै सनाखतका लागि आयोग जाने भन्दै माधव पक्षमा देखिएका १० सांसदहरु बेग्लै होटेलमा बसेका थिए ।

राजेन्द्रकुमार राईको नेतृत्वमा खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ सामूहिक रुपमा होटेलमा बसेका थिए ।

मंगलबार सनाखतका लागि जाने तयारीमा रहेका उनीहरु बुधबार मात्रै जाने निर्णयमा पुग्नु र अन्तिम समय होटेल छाड्नुले प्रश्न उब्जाएको छ । प्रदेश १ मा एमाले विभाजनसँगै भीम आचार्य नेतृत्वको सरकार पनि संकटमा पुगेको देखिन्छ । यदि माधव नेतृत्वको पार्टी १० सांसदले सनाखत गरेमा एमाले सरकार स्वतः ढल्नेछ ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १२:२१ मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...