back
CTIZAN AD

भागवण्डामा कुरा नमिल्दा सत्तारुढ गठबन्धनभित्र किचलो बढ्दै

वि.सं.२०७८ भदौ १५ मंगलवार

1.1K 

shares

भदौ १५, काठमाडौं । सत्तारुढ गठबन्धनभित्र भागवण्डाकै विषयमा किचलो बढ्न थालेको छ । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि भागवण्डाको विषयमा सहमति नजुट्दा किचलो बढेको हो ।

केहि दिनदेखि दलहरु मन्त्रालय भागवण्डा मिलाउन निरन्तर छलफलमा छन् । तर, दलहरु सहमतिमा भने पुग्न सकेका छैनन् ।
मंगलबार बिहान झण्डै दुई घण्टासम्म बसेको बैठक पनि बिना निष्कर्ष टुंगीएको छ । यद्यपि दलहरुबीच बुधबार बिहानसम्म भागवण्डा टुंग्याउने भने सहमति भएको छ ।

सहमति भईसकेको भनिएको संख्यामै किचलो

यसअघि कुन दलले कति मन्त्री पाउने भन्नेबारे दलहरुबीच मोटामोटी सहमति बनेको थियो । सार्वजनिक भएअनुसार गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ६ र अन्य दुई दल एकीकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय पाउने सहमति बनेको थियो । जसमा जसपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको कुरा सार्वजनिक भएको थियो ।

तर, सहमति भईसकेको भनिएको उक्त विषयमै अहिले बखेडा निस्किएको बुझिएको छ । पछिल्लो समय जसपाले सबै दलले बराबरी संख्यामा मन्त्रालय पाउनुपर्ने बताएको छ । साथै सबै दलले बराबरी रुपमै महत्वपूर्णं मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

पाँच जनाको भरमा देउवा

सर्वोच्च अदालतको आदेशसँगै गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवा भागवण्डामै सहमति जुटाउन नसक्दा सकसमा छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेतृत्व गरेका उनी पाँच सदस्यकै भरमा सरकार चलाईरहेका छन् ।

देउवा नियुक्त भएकै दिन कांग्रेसबाट बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका थिए । पछि देउवाले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गराएका थिए । त्यसयता उनले मन्त्रिपरिषदलाई विस्तार गरि पूर्णंता दिन सकेका छैनन् ।

आलोचनाको चाङ्गमाथि सरकार

मन्त्रिपरिषदले पूर्णंता नपाउँदा सरकार सामान्य अपेक्षाअनुसार पनि गतिशिल हुन सकेको छैन् । अधिकांश मन्त्रालय लामो समयदेखि नेतृत्व विहिन बन्दा कार्यसम्पादनमै समस्या देखिएका छन् ।

आफ्नै पार्टीभित्रको किचलोमा परेका देउवा एकातिर दैनिकी भागवण्डाको छलफलमा व्यस्त छन् भने अर्कोतिर प्रधानमन्त्री कार्यालयसहित १७ मन्त्रालयको जिम्मेवारी कसरी व्यवस्थापन गर्ने अन्यौंलमा छन् । कोरोना महामारीले थिलो–थिलो परेको अर्थतन्त्रलाई कसरी उठाउने भन्ने अन्यौंलका बीच सरकारको हिँडाई कछुवाभन्दा पनि तल हुँदा चौतर्फी आलोचना बढ्न थालेको छ ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १३:४६ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...