भदौ १५, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)का बहुमत सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । एमालेका २५ सांसदमध्ये १३ सांसद एकीकृत समाजवादीमा लागेका हुन् ।
५२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन् । जसमध्ये यसअघि माधव पक्षतिर १८ र केपी शर्मा ओली पक्षतिर ७ जना मात्रै सांसद देखिएका थिए ।
तर पछिल्लो विभाजनमा भने केहि सांसदले संस्थापन पक्ष रोजेका छन् ।
यी हुन् एकीकृत समाजवादीमा लाग्ने १३ सांसद
दिर्घ सोडारी
पूर्णा जोशी
लालबहादुर खड्का
बलबहादुर सोडारी
अमरबहादुर साउद
चुनकुमारी चौधरी
मना साउद
तारा लामा तामाङ
अर्चना गहतराज
कुलवीर चौधरी
सुशीला बुढाथोकी
दुर्गा कामी
माया भट्ट
वि.सं.२०७८ भदौ १५ मंगलवार १७:०९ मा प्रकाशित






























