१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबार गरिएको १२ हजार २२२ वटा नमुना परीक्षणमा देशैभरी १६६४ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १६६४ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ४६ हजार १५२ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १७८६ जना निको भएका छन् । आज निको भएका १७८६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ ।
त्यस्तै आज देशैभरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७५० पुगेको छ ।
नेपालमा हाल ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३३ हजार २१४ जना होम आइसोलेशन र २,३७७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् । मन्त्रालयका अनुसार आजको तथ्यांकंमा संस्थागत आइसोलेशनमा रहनेको संख्या केही घटेको हो ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५३७ र भेन्टिलेटरमा १६४ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म ५३ लाख ३९ हजार २५२ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ४४ लाख ५९ हजार ७६१ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा ८५ हजार १२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १७:१४ मा प्रकाशित






























