back
CTIZAN AD

नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नु पर्ने

वि.सं.२०७८ भदौ १५ मंगलवार

834 

shares

१५ भदौ, सप्तरी । महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताएका छन् ।

प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताएका हुन् ।प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिमको मंगलबार राजविराजमा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले समाजले खोजेको असल पात्रका रुपमा प्रहरीले सेवा गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा उनले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा दज्र्यानी चिन्ह प्रदान गरेका थिए । गत मङ्सिर ३ गतेबाट सञ्चालित उक्त तालिममा २०३ सहभागी भएकामा नौ प्रशिक्षार्थीको तालिम रद्द भएको थियो । तालिममा ५४ ‘क’ श्रेणीमा र १४० ‘ख’ श्रेणीमा उत्तीर्ण भएका जानकारी दिइएको थियो ।

समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ गराएका थिए । प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यकपर्ने ज्ञान, सीप र कला प्रदान गर्न प्रशिक्षार्थीलाई २३४ कार्यदिन तालिम प्रदान गरिएको थियो । रासस

 

वि.सं.२०७८ भदौ १५ मंगलवार १७:३२ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...