back
CTIZAN AD

राष्ट्रिय अपाङ्ग महासंघले मनायो २८ औ स्थापना दिवस

वि.सं.२०७८ भदौ १५ मंगलवार

960 

shares

१५ भदौ, काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो २८ औ स्थापना दिवस मनाएको छ ।

भाद्र १५ गते मंगलबार महासंघले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । महासंघले स्थापना दिवसका अवसरमा महासंघको स्थापनाकालदेखि अहिलेसम्मका पूर्व अध्यक्षलाई सम्मान समेत गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल २०५० साल भाद्र १५ गते स्थापना भएको थियो ।

स्थापना दिवसका अवसरमा महासंघले पूर्व अध्यक्षहरु डा बीरेन्द्रराज पोखरेल, दीपक कोइराला, निर्वतमान अध्यक्ष सुर्दशन सुवेदी, संस्थापक अध्यक्ष निर्मल देवकोटाकी धर्मपत्नी लक्ष्मी देवकोटा, पूर्व अध्यक्ष सुशिला पौडेल, पूर्व अध्यक्ष स्वर्गीय मुनिश्वर पाण्डेकी धर्मपत्नी निर्मला धिताललाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले नेपाली अपाङ्गता आन्दोलन हिजोको अन्धविश्वासको युगलाई समाप्त गरेर अधिकारको युगमा प्रवेश गरेकोमा बधाई दिइन ।

आन्दोलनबाट प्राप्त भएका अपाङगता अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै अपाङगतामैत्री कानून निर्माण तथा तिनको कार्यान्वयनमा आफुले सदैव बहसपैरवी गर्ने प्रतिबद्धता समेत दाहालले व्यक्त गरिन ।

अपाङ्गता भएका नागरिकका साझा सवालमा अपाङ्गता अधिकारकर्मीहरु एकीकृत रुपमा अगाडि बढनका लागि आग्रह समेत उनले गरिन । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष डा बीरेन्द्रराज पोखरेलले महासंघ आफ्ना लागि बिश्वविद्यालय भएको बताए ।

मैले औपचारिक रुपमा अध्ययन गरेको कुनै विश्वविद्यालय भन्दा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मेरा लागि ठूलो विश्वविद्यालय सावित भएको छ, पोखरेलले भने । पोखरलले नेपाली अपाङगता आन्दोलनको धरोहरका रुपमा रहेको महासंघले अपाङगता भएका नागरिकको मुक्तिको निम्ती खेलेको भूमिकालाई सबैले खुलेर प्रशंसा गर्नुपर्ने बताए ।

पूर्व अध्यक्षको हैसियतले महासंघको भौतिक पूर्वाधार लगायत सबैखाले सशक्तिकरणका लागि आफु योग्दान गर्न तयार रहेको पोखरेलले बताए । महासंघका निर्वतमान अध्यक्ष सुर्दशन सुवेदीले महासंघले पूर्व अध्यक्षहरुको अनुभवलाई महासंघको हितमा प्रयोग गर्न सकेमा वास्तविक रुपमा उनीहरुको सम्मान हुने बताए ।

महासंघमा कहिलेकाही कसैले राम्रो गर्न चाहदा अवरोध गर्ने संस्कार गलत भएको भन्दै त्यस्ता गलत परिपार्टीलाई निस्तेज पार्नका लागि सबैमा एकताको खाँचो सुवेदीले औल्याए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता अधिकारको आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने सवालमा महासंघको वर्तमान नेतृत्व प्रतिवद्व रहेको उल्लेख गरे ।

शर्माले महासंघमा कहिलेकाही एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्दा समग्र आन्दोलनलाई क्षति पुग्ने भन्दै निषेधको भावना कोहि कसैले राख्न नहुने बताए ।

पूर्व अध्यक्षहरुको योग्दान, उर्जा र प्रेरणाकै कारण महासंघको आजको विरासत निर्माण भएकाले महासंघको इतिहासप्रति गौरव महशुस गर्न शर्माले सबैलाई आग्रह गरे ।

कार्यक्रममा अन्य पूर्व अध्यक्ष तथा विभिन्न अपाङ्गता अधिकारसँग सम्बन्धित संस्थाका प्रतिनिधीहरुले महासंघको स्थापना दिवसका अवसरमा शुभकामना प्रदान गरेका थिए । महासंघकी उपाध्यक्ष रमा ढकालले स्वागत मन्तव्य राखेकी थिईन भने महासंघका महासचिव राजु वस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

No description available.

वि.सं.२०७८ भदौ १५ मंगलवार १७:४० मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात...