back
CTIZAN AD

गण्डकी प्रदेशमा आज २९७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १५ मंगलवार

903 

shares

१५ भदौ, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयद्धारा जारी विवरण अनुसार आज प्रदेशमा म्याग्दी र लमजुङका १/१ जना गरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या केही दिनयताकै कमी हो ।

मंगलवार थपिएका २ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२९५ पुगेको छ ।

त्यस्तै प्रदेशमा मंगलवार पर्वतमा ३४, गोरखामा ५, लमजुङमा १३, तनहुँमा ३०, कास्कीमा १६२, वागलुङमा १६, स्याङजामा १८ र नवलपरासीपूर्वमा १९ जना गरी २९७ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकमा १५६ महिला र १४१ जना पुरुष रहेका छन् ।

मंगलवार थपिएका २९७ जनासँगै प्रदेशमा हालसम्म ८१ हजार ५७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७७ हजार २२ जना निको भइसकेका छन् । मंगलवार प्रदेशमा ३१९ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ३,२५८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८९३ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७० वटा नमुना परीक्षण गरिएको थियो ।

गण्डकी प्रदेशमा घट्दै कोरोना संक्रमितको संख्या, आज १७० संक्रमित, ३ को मृत्यु

वि.सं.२०७८ भदौ १५ मंगलवार १७:४६ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...