back
CTIZAN AD

गण्डकी प्रदेशमा घट्दै कोरोना संक्रमितको संख्या, आज १७० संक्रमित, ३ को मृत्यु

वि.सं.२०७८ भदौ १४ सोमवार

666 

shares

१४ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा प्रदेशमा सोमबार १७० जनामा संक्रमण र ३ जनाको मृत्यु भएको छ ।
सोमवार स्याङजाका २ र कास्कीका १ गरी तीनजनाको मृत्यु भएको हो । सोमबार थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२९३ पुगेको छ ।

त्यस्तै प्रदेशमा सोमवार म्याग्दीमा ७, गोरखामा ३०, तनहुँमा ६, कास्कीमा ७३, स्याङजामा १५ र नवलपरासीपूर्वमा ३९ जना गरी १७० जना नयाँ संक्रमित थपिएका छन् । आइतवारको तुलनामा प्रदेशमा संक्रमित हुनेको संख्या झण्डै आधा घटेको हो ।

सोमवार थपिएका १७० जनासँगै प्रदेशमा हालसम्म ८१ हजार २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७६ हजार ७०३ जना निको भइसकेका छन् । सोमवार प्रदेशमा ३०३ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ३,३८२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २९११ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९४८ वटा नमुना परीक्षण गरिएको थियो ।

May be an image of text

गण्डकी प्रदेशमा ६ कोरोना संक्रमितको मृत्यु, २३० जनामा संक्रमण

वि.सं.२०७८ भदौ १४ सोमवार १८:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...