back
CTIZAN AD

आज देशैभरी थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १४ सोमवार

693 

shares

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसीआर र ऐन्टिजेन विधिबार गरिएको १६,२३३ वटा नमुना परीक्षणमा देशैभरी २२९५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २२९५ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ४४ हजार ४८८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका १,८०८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

त्यस्तै आज देशैभरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विगतका तुलनामा आज कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको हो । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७३० पुगेको छ ।

नेपालमा हाल ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३३ हजार ३३३ जना होम आइसोलेशन र २५४१ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् । मन्त्रालयका अनुसार आजको तथ्यांकंमा संस्थागत आइसोलेशनमा रहनेको संख्या केही घटेको हो ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५६८ र भेन्टिलेटरमा १६० जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि घटेको छ ।

नेपालमा हालसम्म ५३ लाख १७ हजार४८३ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ४३ लाख ९६ हजार ४०२ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९७ हजार ५९८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा घट्दै छ कोरोना संक्रमित हुनेको संख्या, आज १३८८ संक्रमित, २४ जनाको मृत्यु

 

वि.सं.२०७८ भदौ १४ सोमवार १६:४७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...