१६ भदौ, काठमाडौँ । कायममुकायम प्रधान सेनापतिलाई नियुक्ति पत्र प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी पाएका रथी प्रभुराम शर्मालाई बुधबार प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरिएको हो ।
रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बुधबार रथी शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन् ।

नेपाली सेनाका पि.एस.ओज. रथीहरु तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा रक्षा सचिव पौड्यालले कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
वि.सं.२०७८ भदौ १६ बुधवार १५:३६ मा प्रकाशित






























