back
CTIZAN AD

गोन्जालो रिहाइ ऐक्यबद्धतामा हामी पनि सहभागी बनौं

वि.सं.२०७८ भदौ १६ बुधवार

1.7K 

shares

पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा न्यासनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङपाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोन्जालो गिरफ्तारीको यही सेप्टेम्बर १२ मा २९ वर्ष पुग्दै छ । छाला क्यान्सरका बिरामी ८६ वर्षीय गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राखिएको छ । सन १९६४ मा पेरु कम्युनिस्ट पार्टीको दुई लाइनको संघर्ष रुसी अथवा चिनियाँ रुझानमा गोन्जालोले चिनियाँ रुझान रोजे । पछि सन १९६९ मा गोन्जालोको नेतृत्वमा विश्वविद्यालयका विद्यार्थीहरू सहित साइनिङपाथको स्थापना भयो ।

विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको पार्टी बनेकाले यसलाई पढ्न्तेहरूको पार्टी (पुएब्लो डेल लिब्रो) पनि भनियो । सन १९७८ मा संविधानसभाको चुनाव भयो, १९७९ मा संविधान बन्यो र १७ वर्षको सैनिक शासन पछि पेरुमा १९८० मा राष्ट्रपति चुनावको घोषणा भयो ।
अर्धसामन्ती देश पेरुमा किसान विद्रोहहरूको लामो शृङ्खला थियो । संबिधान निर्माणमा पेरुका जनताको चित्त बुझेको थिएन । राष्ट्रपति चुनावको अघिल्लो रात मई १७, १९८० आयाकुचोको सानो गाउँ चुस्चीमा साइनिङपाथका कार्यकर्ताले मतपत्र र मतदान सामग्री कब्जा गरी जनताहरूको अगाडि सार्वजनिक स्थानमा मतदान सामग्री जलाइ दिए र त्यही दिन साइनिङपाथले पेरुमा जनयुद्ध सुरु भएको घोषणा गर्‍यो । पेरुमा जनयुद्ध सन १९८० देखि १९९९ सम्म चलेको थियो ।

यो अवधिमा पेरुमा २,९०० सशस्त्र कार्यवाही भए । ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो भने २६,२५९ लाई बेपत्ता पारियो । सन १९८५/९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङपाथको नियन्त्रणमा थियो र यो समयलाई रणनीतिक सन्तुलन भनियो । सन १९८८ मा पेरु कम्युनिस्ट पार्टी साइनिङपाथको पहिलो महाधिवेशन भएको थियो जुन महाधिवेशनबाट गोन्जालो विचारको प्रादुर्भाव भयो । महाधिवेशनको लगत्तै पछि गोन्जालोले एल डायरियो पत्रिकामार्फत एउटा लामो अन्तर्वार्ता दिएका थिए विश्वभरि चर्चित बन्यो ।

सन १९९० जुन महिनाको एक बिहान पेरुको राजधानी लिमामा कम्युनिस्ट पार्टीको ७० वटा राता झन्डा समानान्तर फहराइएको खबर संसारभरी फैलियो । यसैलाई प्रेरणा मानी नेपालमा कमरेड रामवृक्ष यादव (मास्टर साहेब) ले एउटा चर्चित मैथिली गीत लेख्नु भएको थियोस् पेरु में लाल झन्डा फहराइ रे कोइ माने न माने । पेरु जनयुद्धको प्रभाव विश्वभरि पर्‍यो नेपाल पनि अपवाद रहेन । नेपाल कम्युनिस्ट पार्टी मशाल र मसाल पेरु कम्युनिस्ट पार्टी साइनिङपाथसँगै रिम (रिभोल्युसनरी इन्टरन्यासनल मुभमेन्ट) मा विश्वका १५ भन्दा बढी कम्युनिस्ट पार्टीहरूसँग सहयात्री थिए । पेरु जनयुद्धको समर्थनमा नेपालमा धेरै कार्यक्रम भए । गोन्जालोको एल डायरियोको अन्तर्वार्ता नेपालीमा अनुवाद भयो, पेरुमा जनयुद्ध भन्ने पुस्तक नै प्रकाशित भयो, कैदी नम्बर १५०९ भनेर कथा, कविता र गीतहरू लेखिए । पेरुको जनयुद्ध नेपालको जनयुद्धको प्रेरणा बन्यो ।

सन १९८६ मा काठमाडौंको पद्मोदय हाईस्कुलमा एउटा विचारगोष्ठी ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति र पेरुको जनयुद्ध’ पेरुभियाली जनक्रान्ति संघर्ष समितिले आयोजना गरेको थियोे । विचारगोष्ठीका हामी दुई वक्ता मुरारी अर्याल र म थियौं । गोष्ठीको सभापतित्व शक्ति लम्सालले गर्नुभएको थियो । वरिष्ठ पत्रकार शक्ति लम्सालको केही वर्ष पहिला देहावसान भयो । मार्क्सवादी चिन्तक मुरारी अर्यालको केही महिना अधिमात्र कोरोनाको कारण मृत्यु भयो । आजको विश्वमा अग्रणी मार्क्सवादी चिन्तक गोन्जालोको रिहाइको लागि आवाजहरू उठिरहेका छ्न् । अध्यक्ष गोन्जालोको जीवन रक्षाका लागि आकाश र पृथ्वी हल्लाइ दिउँ नारा लागिरहेका छन् । गोन्जालो रिहाइ ऐक्यबद्धतामा हामी पनि सहभागी बनौं । पेरु में गोन्जालो रिहाइ कराइ रे कोइ माने न माने ।

वि.सं.२०७८ भदौ १६ बुधवार १९:१५ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...