back
CTIZAN AD

राती गुड्ने सवारी साधनको ‘लेजर स्पिड गन’ बाट चेकिङ्ग शुरु

वि.सं.२०७८ भदौ १६ बुधवार

756 

shares

१६ भदौ, काठमार्डाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राति गुड्ने सवारीसाधनहरुको निगरानी ‘नाइट भिजन लेजर स्पीड गन’बाट चेकिङ्ग शुरु गरेको छ ।

रातको समयमा तिब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न मंगलबार साँझबाट ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरिएको महाशाखाले जनाएको छ ।

रातिको समयमा सडक खाली भएको मौकामा तीव्र गतिमा सवारी हुइँक्याउने प्रवृत्तिले सडक दुर्घटना बढेकाले न्यूनीकरणका लागि नाइट भिजन सुरू गरिएको महाशाखाले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले यसअघि पनि बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।

‘दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरि गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौँ’, महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनले नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तिब्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गरे ।

स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार अब उपत्यकाका सानेपा, कलंकी, सातदोबाटो, गठ्ठाघर लगायत व्यस्त सडकमा गुड्ने सवारी गनको निगरानीमा रहनेछन्।

तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तिब्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार १८:४६ मा प्रकाशित

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...