back
CTIZAN AD

चाडपर्वलाई लक्षित गर्दै टिभिएसले ल्यायो ‘सरप्राईज’ योजना

वि.सं.२०७८ भदौ १६ बुधवार

870 

shares

१६ भदौ, काठमाडौं । दशैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले अत्यन्तै आकर्षक ‘टिभिएस सिक्स प्राइजको सरप्राईज’ योजना सार्वजनिक गरेको छ ।

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्ने जगदम्बा मोटर्स प्रालिले जनाएको छ ।

योजना भदौ १६ देखि सुरु भई चाडपर्वहरुको समापनसँगै सकिने जनाइएको छ । कम्पनीले जनाएअनुसार यस योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राईज दिने कम्पनीको भनाई छ । यस योजनाअन्तर्गत ग्राहकले किन्दै नकिनी टिभिएस नेपालको अनलाईनमा गएर रु.१ लाखसम्म जित्न सक्नेछन् । सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने जनाइएको छ । यति मात्र नभएर दैनिक स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजनाअन्तर्गत राखिएको छ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफरसमेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टिभिएस अपाचे आरआर ३१० समेत जित्न सक्नेछन् ।

वि.सं.२०७८ भदौ १६ बुधवार २१:३३ मा प्रकाशित

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...