Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

विद्यार्थीलाई भोट हाल्न सिकाइयो



१३ फागुन,मलेखु (धादिङ)। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भोट हाल्नका लागि नीलकण्ठ बहुमुखी क्याम्पसले विद्यार्थीलाई कक्षा कक्षामा गएर सिकाएको छ ।

मतदान गर्नका लागि विद्यार्थी आतुर भए पनि मतदान गर्न जानेनन् भने यसको परिणाम राम्रो नहुने भएकाले सबै विद्यार्थीलाई स्ववियु निर्वाचनमा राम्रोसँग मतदान गर्न सिकाइएको नीलकण्ठ क्याम्पसका प्राध्यापक मुरारी अधिकारीले बताउनुभयो ।

सात सय ७९ मतदाता रहेको नीलकण्ठ क्याम्पसमा फागुन १४ गते हुने निर्वाचनमा अनेरास्ववियु, नेवि सङ्घ, अखिल (क्रन्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियन चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

धादिङ जिल्लाका आठ क्याम्पसमा हुने स्ववियु चुनाव फागुन १४ गते तीनवटामा र फागुन १८ गते पाँचवटामा हुने मिति तय भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम