back
CTIZAN AD

पत्रकार पाक्साँवालाई सम्मान गरिने

वि.सं.२०७३ फागुन १३ शुक्रवार

948 

shares

 १३ फागुन,तेह्रथुम । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताकोे माध्यमबाट समाजसेवामा क्रियाशील तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज, हङकङले रु ३५ हजारसहित सम्मान गर्ने भएको छ ।

हमरजुङ गाविसमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गर्नमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कुरुम्भङ खजुम समाज, हङकङले पुरस्कृत गर्ने भएको हो । पत्रकार पाक्साँवालाई यही फागुन १४ गते छथर शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने कुरुम्भङ खजुम समाजले जनाएको छ ।

पत्रकार पाक्साँवालाई पत्रकारितामा सहयोग गर्ने उद्देश्यका साथ सङ्खुवासभाको चैनपुर निवासी हाल हङकङमा कर्मथलो बनाउँदै आउनुभएकी सरिता चाम्लिङले एक थान ल्यापटप सहयोग गर्नुभएको थियो । पत्रकारितासँगै समाजसेवामा क्रियाशील पत्रकार पाक्साँवाले चलाएको कलमले आर्थिक अभावका कारण उपचारमा समस्या भएकी मिर्गाैला पीडित खिनामायाको उपचारका लागि रु २७ लाखभन्दा बढी रकम सङ्कलन भएसँगै मिर्गाैला प्रत्यारोपणसमेत सफल भयो ।

सो अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै हाल इजरायलमा कार्यरत युवा देव बाँस्कोटाले रु ३० हजारले पुरस्कृत गर्नुभएको थियो । पाक्साँवालाई हालै पत्रकार महासङ्घ तेह्रथुमले रु १३ हजार राशिको ‘तेह्रथुम पत्रकारिता पुरस्कार’सहित कदरपत्रले पुरस्कृत गरेको छ । पाक्साँवा विगत ८ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ०३:०१ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...