back
CTIZAN AD

एमालेबाट राजीनामा दिँदै वामदेवले लेखे ओलीलाई यस्तो पत्र

वि.सं.२०७८ भदौ १८ शुक्रवार

786 

shares

१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष केपी ओलीको शैलीका कारण एमालेमा रहिरहन नसकेको भन्दै उनले अध्यक्ष केपी ओलीलाई राजीनामा पत्र लेख्दै पार्टीबाट राजिनामा दिएका हुन् ।

‘म आफै संलग्न भएर निर्माण भएको एमालेमा तपाईकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएको छु,’ नेता गौतमले शुक्रवार बेलुका बुझाएको राजिनामा पत्रमा भनिएको छ, ‘फेरि पनि तपाईसँग चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुई वीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’

नेता गौतमले अध्यक्ष ओलीले जनताको वहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’ को सिद्धान्तलाई परिपालन नगरेको आरोप समेत लगाएका छन् ।

‘जननेता मदन भण्डारीका नवीन शोच ‘कम्युनिष्ट पार्टीले जनताको जनादेशको आधारमा रज्यसत्ता सन्चालन गर्नुपर्छ’ भन्ने मान्यताका विपरति जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाइ जनताको जनादेशलाई लत्याउदै पहिलो पटक २०७७ पुष ५ र दोस्रो २०७८ जेष्ठ ७ गते दुई–दई पटक संविधान विपरित जनताद्धारा निर्वाचित संसद भंग गर्नुभयो ।’ उनले भनेका छन् ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार २१:२९ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...