१९ भदौ,काठमाडौं । पर्वतमा अविरल वर्षाका कारण आएको बाढीमा परेर मृत्यु भएकाहरुको परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माग गरेको छ।
उक्त पार्टीका प्रवक्ता प्रकाण्डले शनिवार एक विज्ञप्ति जारी गर्दै पीडित परिवारहरुको पुर्नवास र आवस्यक राहतको यथाशिघ्र व्यवस्था गर्न सरकारसँग माग गर्दै पीडितको उद्धार, राहत र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्बन्धीत जिल्ला पार्टीलाइ निर्देशन समेत गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं ३ को दुर्लुङमा १७ गते आएको उक्त पहिरोका कारण माधव शर्माको घर भत्किदा ७५ वर्षीय विनोद पौडेल, कुश्मा ११ चिम्लीमा मनिलाल पौडेलको घर भत्किदा २८ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेल, कुश्मा ११ पकुवा चिम्लेको पहिरोमा परेर माया कुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयास पौडेल र पहिरोमा परि वेपत्ता भएका ७० वर्षीय डिल्लीपाध्य पौडेल पनि मृत भेटिएका थिए ।
उक्त पार्टीले मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट समेत गरेको छ । साथै बाढी पहिरोका कारण पूर्व पश्चिम राजमार्ग दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भइ यात्रुहरुले भोग्नुपरेको सास्तीप्रति पनि गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

वि.सं.२०७८ भदौ १९ शनिवार १३:५३ मा प्रकाशित






























