back
CTIZAN AD

दार्चुलाको आकासमा भारतले हेलिकप्टर उडाएकोप्रति जनमोर्चाको आपत्ति

वि.सं.२०७८ भदौ १९ शनिवार

672 

shares

१९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले दार्चुलाको सदरमुकाम खलङ्गाको आकासमा भारतले विना अनुमति हेलिकप्टर चलाएको भन्दै आपत्ति जनाएको छ ।

नेपालको स्वीकृतिबिना दार्चुलाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वाटर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएकोप्रति उक्त पार्टीले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौति दिएको छ,’ सो पार्टीका महासचिव मनोज भट्टद्धारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । त्यसप्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कुटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।’

त्यसैगरी सो पार्टीले महाकालीको तुइन काण्डका सम्बन्धमा छानवीन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘छानवीन समितिको प्रतिवेदन अनुसार भारतीय सुरक्षाकर्मीले तुइन चुडाली दिएका कारण जयसिंह धामीको मृत्यु भएको ठहर गरेको छ । त्यसअनुसार भारतीय सुरक्षाकर्मीद्वारा जयसिंह धामीको हत्या भएको कुरा स्वतः स्पष्ट नै छ । त्यसैले जयसिंह धामीको हत्यामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कडाभन्दा कडा सजाय गर्नका लागि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्न जोड दिँदै मृतक जयसिंह धामीको परिवारलाई आवश्यक क्षतिपुर्ति दिन समेत सरकारसँग माग गर्दछौँ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ भदौ १९ शनिवार १४:१६ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...