back
CTIZAN AD

सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती

वि.सं.२०७८ भदौ २२ मंगलवार

627 

shares


२२ भदौ, राँझा
। नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर सडकखण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे हुँदा साना सवारी साधन र नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ । उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको स्थानीय अब्बाद अहमद सिद्दीकीले बताए ।

उनका अनुसार हिलाम्मे सडकमा साना दुईपाङ्ग्रे सवारी दैनिकरूपमा दुर्घटना हुने गरेका छन् । नेपालगञ्ज–गुलरिया मुख्य सडकमै महिना दिनदेखि यो समस्या भए पनि सरोकारवाला निकायले समाधानका लागि चासो दिएका छैनन् ।

मानपुर मोडमा पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको हो । निरन्तरको वर्षाका कारण उक्त खण्डको ३० मिटर सडक पानीले डुबेको छ । मोडमै रहेको घर भत्काएपछि फराकिलो बनेको सडकमै पानी जमेका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

सडकमा पानी जमेर हिलाम्मे भएपछि तत्कालका लागि आवतजावतमा सहज बनाउन गाउँपालिकाबाट ग्राभेल हालेर मर्मत गर्ने प्रयास गरिए पनि पानीको निकास नभएकाले समस्या समाधान हुन नसकेको जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन् ।

“तत्काल आवतजावत सहज बनाउनका लागि ग्राभेल हालिएको छ । दीर्घकालीन समस्या निकासका लागि सडक विभागसँग दुवै साइडमा पानी निकासका लागि सानो नाली बनाउने पहल भइरहेकोे छ”, धितालले भनिन्, “समस्या समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्न गाउँपालिका कार्यालय तयार छ ।”

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउने योजना अगाडि बढे पनि यो वर्ष भने सर्वसाधारणले कठिनाइ व्यहोर्नुपर्ने भएको छ ।

नेपालगञ्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ ।

यो आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । योजना कार्यान्वयनसँगै अहिले हिलाम्मे भएको मानपुर खण्डको समस्या पनि समाधान हुनेछ ।
रासस

वि.सं.२०७८ भदौ २२ मंगलवार १२:३४ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...