back
CTIZAN AD

टावर ढलेपछि उत्पादन बन्द

वि.सं.२०७८ भदौ २२ मंगलवार

696 

shares

२२ भदौ, म्याग्दी । प्रशारण लाइनको टावर ढलेपछि उत्पादन बन्द भन्द भएको छ ।

टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएको हो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो ।

मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइनको चार नम्बरको टावर गत शुक्रबार राति बाढीपहिराका कारण ढलेको थियो ।

दश मेगावाट क्षमताको मोदी–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले मोदी सबस्टेशन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने अन्य आयोजना पनि प्रभावित भएका जानकारी दिए । पाँचसय मिटर नहरमा माटो थुप्रिएको मोदी–१ को बाँधमा पनि क्षति पुगेको छ । मोदी–१ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले डाइभर्सन (बैकल्पिक) टावर बनाउन र ढलेको टावर मर्मतमा ढिलाई गर्दा करोडौ मुल्यको नोक्सानी भएको माउन्टेन इनर्जी नेपाल प्रर्बद्धक रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले बताए । “विद्युत् प्राधिकरणले खपत गर्न नसक्दा ३० देखि ३५ मेगावाटको हाराहारीमा उत्पादन गरिरहेका थियौँ ” उनले भने, “सञ्चालनमा आएको दुई महिनामै उत्पादन बन्द गर्नुपर्दा थप घाटा व्यहोर्नुपर्ने भयो ।”

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २२० केभी क्षमताको दाना सबस्टेसनमा जोडिएका मिस्त्री खोला, थापाखोला र घलेम्दीको विद्युत् कुस्माको खुर्कोट सबस्टेसन हुँदै मोदी–१ को १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा पुग्छ । मोदी सबस्टेसनसम्म पुग्ने विद्युत् स्थानीय क्षेत्रमा वितरण हुँदै आएको छ ।

बढी भएको विद्युत् मोदीबाट लेखनाथ सबस्टेसनसम्म पुर्याउने गरिएको छ । प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायत टोलीलाई खटाएको जनाएको छ ।

मुस्ताङ, पर्वत, म्यादी र बागलुङ जिल्लाको विद्युत् सेवालाई शनिबार साँझदेखि नै सञ्चालनमा ल्याएको प्राधिकरणको टोलीले प्रसारण लाइन मर्मतमा प्राथमिकताका साथ निरन्तर खटिएको जनाइएको छ ।

यसपालिको वर्खा सुरु भएयता गण्डकी प्रदेशका विद्युत् पूर्वाधारमा रु १० अर्बभन्दा बढीको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले जनाएको छ । बाढीपहिराले निर्माणाधीन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्युत् आयोजना एवं प्रशारण र वितरण लाइनका संरचना क्षतिग्रस्त हुँदा ऊर्जा क्षेत्रका लागि ठूलो आर्थिक नोक्सानी भएको इपानका प्रदेश सदस्य शंकर बस्यालले बताए ।
रासस

वि.सं.२०७८ भदौ २२ मंगलवार १३:२० मा प्रकाशित

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...