back
CTIZAN AD

प्रचण्डको घोषणा : एमसीसी पारित हुँदैन्

वि.सं.२०७८ भदौ २२ मंगलवार

807 

shares

भदौ २२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा अनुमोदन नहुने बताएका छन् । मंगलबार वाईसिएलको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले जरुरी परे फिर्ताको घोषणा हुने बताए ।

‘एमसीसी यथास्थितिमा पारित हुँदैन्, हामीले कुटनीतिक ढंगले केहि प्रश्न पठाएका छौं, जवाफ आएपछि पार्टीमा छलफल हुन्छ तर, जस्ताको तस्तै पास हुँदैन ’, प्रचण्डले भने, ‘जरुरी पर्यो भने फिर्ताको घोषणा गर्छौं ।’

उनले राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने पनि स्पष्ट पारे । प्रचण्डले एमसीसीकै कारण सत्ता गठबन्धन समस्यामा नपर्ने बताएका छन् ।

सरकारले विवादास्पद एमसीसी पारितको प्रक्रिया अगाडि बढाएको भन्दै पछिल्लाे समय जनस्तरमा आक्रोश देखिन थालेको छ । सत्ता गठबन्धनकै दलका युवा तथा विद्यार्थीहरुले एमसीसी खारेजीको माग गर्दै आन्दोलन गर्न थालेका छन् ।

मंगलबार मात्रै सत्ता बाहिरको नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १६:५४ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...