back
CTIZAN AD

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट सिआइवीको टोली पठाइयो

वि.सं.२०७८ भदौ २२ मंगलवार

624 

shares

२२ भदौ, काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोली पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय अनुसार प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली खटाइएको हो । “टोली सङ्खुवासभा पुगिसकेको छ, विकट क्षेत्रमा घटना घटेकाले घटनास्थल पुग्न केही समय लाग्छ”, सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले भने ।

आइतबार राति उक्त घटना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घटनास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका छ जनाको हत्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकुशल भेटिएका छन् ।

उक्त घटनामा ८४ वर्षीया पार्वता कार्की, उनका छोरा ५८ वर्षका तेजबहादुर कार्की, उनकी श्रीमती ५६ वर्षकी मनमाया, बुहारी २८ वर्षकी रञ्जना, उनका छोरा–छोरी (१० वर्षका विपीन र पाँच वर्षकी गोमा) कार्कीको हत्या भएको थियो । उनीहरुको शव फरकफरक स्थान (बारी, खोला र सडकको भित्ता) मा फेला पारिएको थियो । प्रहरीले कुकुरसमेत प्रयोग गरी घटनाको अनुसन्धान जारी राखेको छ ।

अधिकांशको टाउकोमा हानेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घटनाका केही ‘क्लु’ फेला परेको र त्यसको सूक्ष्म अनुसन्धान भइरहेको छ । उनले अनुसन्धान गरी दोषीलाई पक्राउ गरिने पनि बताए । उनका अनुसार सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा समेत घटनाको अनुसन्धानका लागि प्रहरी टोली यसअघि नै खटाइसकिएको छ ।

घटनास्थलको प्रकृति मुचुल्का उठाई अहिले शवको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उक्त क्षेत्रको नाकामा उच्च सुरक्षा निगरानीका साथ घटनाको अनुसन्धान जारी रहेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नदेखिएको तर लाठी, हम्बरलगायतले टाउको तथा शरीरका विभिन्न भागमा हानेको देखिएको जानकारी दिए । अहिले घटनाको अनुसन्धानकै चरणमा रहेकाले त्यसको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने जानकारी दिए ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १८:०० मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...