back
CTIZAN AD

विकास बैंकहरुको व्यवसायमा उल्लेख्य वृद्धि

वि.सं.२०७८ भदौ २२ मंगलवार

813 

shares

२२ भदौ, काठमाडौँ । ‘ख’ वर्गका विकास बैंकहरुको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल डेभलोपमेन्ट बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्कमा यस्तो देखिएको हो ।
नेपालमा सञ्चालनमा रहेका कूल १८ विकास बैंक मध्ये १५ वटा विकास बैंकले एक हप्तामा समग्रमा ० दशमलब २९ प्रतिशत बढी निक्षेप संकलन गरेका छन् भने ० दशमलब ८७ प्रतिशत बढी कर्जा प्रवाह गरेका छन् ।

राष्ट्रिय स्तरका विकास बैंकको स्थिती
एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुले गतहप्ता शुन्य दशमलब चार प्रतिशतले निक्षेप संकलन वृद्धि गरेका छन् । त्यस्तै, उनीहरुको कर्जा प्रवाह पनि शुन्य दशमलब ९३ प्रतिशतले बढेको छ ।
अघिल्लो हप्ता करिब ४ खर्ब १५ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले यो हप्ता करिब ४ खर्ब १६ अर्ब निक्षेप संकलन गरेका छन् । यो रकम गत हप्ता भन्दा करिब १ अर्ब ६६ करोड रुपैयाँले बढी होे ।
त्यस्तै, अघिल्लो हप्ता करिब ३ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका उनीहरुले यो हप्ता करिब ३ खर्ब ६६ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । यो गत हप्ता भन्दा करिब ३ अर्ब ३८ करोड रुपैयाँले बढी होे । हाल नेपालमा ६ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु सञ्चालनमा छन् ।

क्षेत्रिय स्तरका विकास बैंकहरुको स्थिती
यता क्षेत्रिय स्तरका विकास बैंकहरुले यो हप्ता ० दशमलब ३५ प्रतिशत कम निक्षेप संकलन गरेका छन् । त्यस्तै, उनीहरुको कर्जा प्रवाह भने ० दशमलब ५४ प्रतिशतले बढेको छ ।
अघिल्लो हप्ता करिब ७२ अर्ब ४२ करोड निक्षेप संकलन गरेका उनीहरुले यो हप्ता करिब ७२ अर्ब १७ करोड मात्र निक्षेप संकलन गरेका छन् । यो रकम गत हप्ता भन्दा करिब २५ करोड २० लाख रुपैयाँले कम होे ।
त्यस्तै, अघिल्लो हप्ता करिब ६६ अर्ब ८१ करोड कर्जा प्रवाह गरेका विकास बैंकहरुले यो हप्ता करिब ६७ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम गत हप्ताभन्दा करिब ३६ करोड रुपैयाँले बढी होे । हाल नेपालमा १२ वटा क्षेत्रिय स्तरका विकास बैंकहरु सञ्चालनमा छन् ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १८:०३ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...