back
CTIZAN AD

मनास्लु हिमाल चढ्नका लागि १६० आरोहीले लिए अनुमति

वि.सं.२०७८ भदौ २२ मंगलवार

2.1K 

shares

२२ भदौ, काठमाडौं । शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणकालागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।

शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।

अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १८:१३ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...