back
CTIZAN AD

विज्ञप्ति सच्याउन गृह मन्त्रालयसँग पत्रकार महासंघको माग

वि.सं.२०७८ भदौ २२ मंगलवार

633 

shares

२२ भदौ, काठमाडौँ । नेपाल पत्रकार महासंघले गृहमन्त्रालयसँग विज्ञप्ति सच्याउन माग गरेको छ ।

महासंघले गृह मन्त्रालयबाट २०७८ भाद्र १८ र २० गते जारी विज्ञप्ति संविधानप्रदक्त अधिकारलाई कुण्ठित बनाउने र नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेको भन्दै सच्याउन माग गरेको हो ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त विज्ञप्तिहरु नेपालको संविधानले प्रदान गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको मूल मर्म र भावनाविपरित आएको ठहर गरिएको छ ।

मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट रहेको उल्लेख गर्दै मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने के नलेख्ने भन्ने करामा नेपाली प्रेस गम्भिर रहेको स्पष्ट पारिएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १८:१३ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...