back
CTIZAN AD

एमसीसी सम्झौता हुबहु पारित गरिए कडा आन्दोलन गर्ने विवेकशीलको चेतावनी

वि.सं.२०७८ भदौ २२ मंगलवार

666 

shares

२२ भदौ, काठमाण्डौं । विवेकशील साझा पार्टीले विवादित अमेरिकी परियोजना एमसीसी हुबहु पारित गरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

अत्यन्त विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद्बाट पारित गर्न सरकारले अन्तिम तयारी गरी अगाडि बढाएकोप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना नै पारित गरिनुहुन्न भन्ने हाम्रो पार्टीको धारणा छ,’ पर्टीका प्रवक्ता शरदराज पाठकद्धारा मंगलवार जारी विज्ञिप्तमा भनिएको छ, एमसीसी सम्झौताबारे आम नागरिकको तप्कासम्म धेरै नै संशय उत्पन्न भई गम्भीर प्रश्न उठेकाले तिनको निरूपण नगरी अघि बढ्नु घातक हुनेछ ।’
श्रीलङ्काको जस्तै नेपालमा पनि यो सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्नु उपयुक्त हुने कि सम्झौता खारेज गर्नु नै उपयुक्त हुन्छ भन्ने धारणा उक्त पार्टीको रहेको छ ।

‘हाम्रो जस्तो मुलुकको विकासमा वैदेशिक सहयोगको महत्वपूर्ण भूमिका रहन्छ । तर त्यस्ता सहयोगको सम्झौतामा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने एवम् राष्ट्रिय हित र स्वाधीनता कमजोर बनाउने सर्त गाँसिएर आउँछन् भने त्यो कदापि स्विकार्न सकिँदैन,’ विज्ञिप्तमा भनिएको छ, ‘एमसीसी इण्डो प्यासिफिक स्ट्रटेजी (आइपीएस) को अङ्ग हो भनी अमेरिकी उच्च अधिकारीले नै अभिव्यक्ति दिएको परिप्रेक्ष्यमा अघिल्ला र वर्तमान सरकारले यसबारे सत्य तथ्य समयमै बाहिर ल्याउनुको सट्टा यसलाई अन्य विकास आयोजनाको जस्तै सामान्य अनुदान जसरी नै प्रस्तुत गर्नु आपत्तिजनक छ । सत्तामा रहँदा सम्झौता पारित गर्न लागि पर्ने र प्रतिपक्षमा हुँदा विरोध गर्ने दलहरूको रवैयाले पनि यसमा पर्याप्त संशय थपेको छ ।’

यसै सन्दर्भमा विदेशी सहयोगमा सञ्चालित परियोजनाबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै गृहमन्त्रालयले हालै जारी गरेको चेतावनीयुक्त वक्तव्यप्रति पनि उक्त पार्टीले आपत्ति जनाउँदै भत्र्सना गरेको छ ।

‘जनतालाई सही सूचना दिने भन्दा पनि स्पष्टीकरण र कथित सङ्कल्प प्रस्तावको नाटक सार्वभौम संसद्मा मञ्चन नहोस् भनी हामी संसद्मा रहेका सबै दल र सांसदहरूलाई खबरदारी गर्न चाहन्छौँ ।’ विज्ञिप्तिमा भनिएको छ ।

राजनीतिक दल, बुद्धिजीवी र वैदेशिक सहायताबारे जानकार विज्ञहरू बिच नै तीव्र विभाजन रहेको एमसीसी सम्झौता सरकारले जनआवाज नसुनी सत्ता समीकरणको बलमा हुबहु पारित गराउन लागेमा त्यसको विरुद्धमा कडा सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने उक्त पार्टीले बताएको छ ।

त्यस्तै राष्ट्रहित विपरीतको सरकारी कदम रोक्नका लागि भन्दै उक्त पार्टीले देशभरका राष्ट्रप्रेमी नागरिकलाई काठमाण्डौमा उत्रिएर आफूहरुलाई साथदिन र सशक्त प्रतिकार गर्न समेत आव्हान गरेको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १८:३३ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...