२२ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनको संख्या निरन्तर घट्दै गइरहेको र निको हुनेको संख्या बढ्दै गइरहेको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मंगलबार १४८ जनामा संक्रमण पुष्टि भएको छ भने लमजुङका एक संक्रमितको मृत्यु भएको छ ।
मंगलवार थपिएका १ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३१६ पुगेको छ ।
प्रदेशमा मंगलवार म्याग्दीमा ८, पर्वतमा २, लमजुङमा ८, तनहुँमा ११, कास्कीमा ९०, वागलुङमा २, स्याङजामा १४ र नवलपरासीपूर्वमा ८ गरी १४८ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ७० महिला र ७८ जना पुरुष रहेका छन् ।
मंगलवार थपिएका १४८ जनासँगै प्रदेशमा हालसम्म ८२ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७९ हजार ३६१ जना निको भइसकेका छन् । मंगलवार प्रदेशमा ३०४ जना संक्रमणबाट मुक्त भएका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल २१५२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १९८१ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९४१ वटा नमुना परीक्षण गरिएको थियो ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १७:४० मा प्रकाशित




























