back
CTIZAN AD

महामारीको विरुद्धमा लड्न अमेरिकालाई चीनको आग्रह

वि.सं.२०७८ भदौ २२ मंगलवार

648 

shares


२२ भदौ, बेइजिङ
। कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ ।

चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन् ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन् । उनले भनेका थिए, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहकार्य गर्नुपर्छ ।

प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भनेका समाचारमा जनाइएको छ ।
हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उनको सो धारणा आएको हो ।

प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखेका थिए ।
रासस

वि.सं.२०७८ भदौ २२ मंगलवार १७:४० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...