भदौ २३, काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लू बेरीले पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेता डा. बाबुराम भट्टराईलाई भेटेका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे समर्थन जुटाउनका लागि उनले भट्टराईलाई भेटेका हुन् ।
बेरी र भट्टराईबीच बुधबार राजधानीको एक होटलमा छलफल भएको थियो ।
एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने तयारी गरिरहेका बेला राजदूतावासले सक्रियता बढाएका छन् । जसको निरन्तरतामा बेरीले भट्टराईलाई भेटेका हुन् ।
बेरीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य सत्तारुढ दलका नेताहरुलाई पनि भेटेका थिए ।
पछिल्लो समय भट्टराईले पनि खुलेर एमसीसीको पक्षमा वकालत गर्ने गरेका छन् । सोमबार मात्रै भट्टराईले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गर्न आव्हान गरेका थिए ।
वि.सं.२०७८ भदौ २३ बुधवार १२:०३ मा प्रकाशित






























