काठमाडौं । बोटलर्स नेपाल (तराई)ले बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड जितेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड” बाट सम्मानित गरेको हो । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी सम्मान प्रदान गरिएको हो ।
बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो ।
कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडले उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र शेयरधारकहरु सहितसबै सरोकारवालाहरु संग सम्बन्ध बनाइ राख्नु निकै महत्वपूर्ण रहेको जनाएको छ ।
२०२० को लागी बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुबै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो ।
यही भाद्र १३ मा आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफचार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन् ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गर्वान्भित भएको बताए । उनले बोटलर्सका पेय पदार्थलाई नेपालीहरुको दैनिक जीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालन गर्ने सम्पुर्णमा हार्दिक आभार प्रकट गरेका छन् ।
वि.सं.२०७८ भदौ २३ बुधवार १४:२० मा प्रकाशित






























