२४ भदौँ, काठमाडौँ । मेगा बैक नेपाल लिमिटेडले प्रबद्र्घन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१ बाँडफाँड भएको छ । मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य रु १० का दरको बाह्र करोड पचास लाख इकाईहरु बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ भने ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गरिएको छ । बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
यस संगै योजनाको आकार एक अर्ब पच्चिस करोड कायम भएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।
क्यापिटलले प्रति इकाई मूल्य रु.१० दरको दस करोड इकाई निष्काशन गरेको थियो । जस मध्ये न्यूनतम २ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्बसाधारणलाई निष्काशन गरिएको थियो ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १४:१० मा प्रकाशित


























