back

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैरे नियुक्त

वि.सं.२०७८ भदौ २४ बिहीवार

279 

shares
NTC AD
Global IME AD

भदौ २४, स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सुर्यप्रसाद गैरे (पारस) नियुक्ति भएका छन् ।

एमाले माओवादी एकता हुँदा माओवादीको तर्फबाट गैरे जिल्ला अध्यक्ष बनेका थिए । तत्कालिन नेकपाको विघट्न र पुनः नेकपा(एमाले)को निर्माणसँगै पार्टीले गैरेलाई अध्यक्षको जिम्मेवारीमा निरन्तरता दियो । नेकपा(एमाले) भित्रको आन्तरिक सहमतिअनुसार पार्टी ०७५ जेठ २ गतेको अवस्थामा फर्किएपनि एमालेले माओवादी विरासत भएका गैरेलाई जिल्ला अध्यक्षमा निरन्तरता दिने निर्णय दोहोर्याएको हो ।

एमालेको तत्कालिन अवस्थामा पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका मिनप्रसाद गुरुङलाई पार्टीले माथिल्लो तहको जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेकपा(समाजवादी)मा जानेलाई पार्टीको माइन्युटबाट हटाइयो

नेकपा(एमाले) परित्याग गरि नवगठित नेकपा(समाजवादी)मा जाने पार्टी नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुको नाम पार्टीले आफ्नो आदिकारिक माइन्युटबाट हटाएको छ । भदौ २३ गते बसेको जिल्ला कमिटि बैठकले सो निर्णय गरेको एमाले स्याङ्जाका अध्यक्ष गैरेले संसारन्युजलाई बताए ।

पार्टीको बैठकले भदौ २७ मा पालिका स्तरिय कमिटिको बैठक, भदौ ३० गते जिल्ला भेला, असोज २ गतेदेखि ११ गतेसम्म पालिका स्तरिय कमिटिको भेला र असोज मसान्तसम्म वार्ड स्तरीय भेला गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टी सदस्यताको नविकरण असोज १५ सम्म गरिसक्ने निर्णय भएको अध्यक्ष गैरेले बताए ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...