back
CTIZAN AD

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैरे नियुक्त

वि.सं.२०७८ भदौ २४ बिहीवार

1.2K 

shares

भदौ २४, स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सुर्यप्रसाद गैरे (पारस) नियुक्ति भएका छन् ।

एमाले माओवादी एकता हुँदा माओवादीको तर्फबाट गैरे जिल्ला अध्यक्ष बनेका थिए । तत्कालिन नेकपाको विघट्न र पुनः नेकपा(एमाले)को निर्माणसँगै पार्टीले गैरेलाई अध्यक्षको जिम्मेवारीमा निरन्तरता दियो । नेकपा(एमाले) भित्रको आन्तरिक सहमतिअनुसार पार्टी ०७५ जेठ २ गतेको अवस्थामा फर्किएपनि एमालेले माओवादी विरासत भएका गैरेलाई जिल्ला अध्यक्षमा निरन्तरता दिने निर्णय दोहोर्याएको हो ।

एमालेको तत्कालिन अवस्थामा पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका मिनप्रसाद गुरुङलाई पार्टीले माथिल्लो तहको जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेकपा(समाजवादी)मा जानेलाई पार्टीको माइन्युटबाट हटाइयो

नेकपा(एमाले) परित्याग गरि नवगठित नेकपा(समाजवादी)मा जाने पार्टी नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुको नाम पार्टीले आफ्नो आदिकारिक माइन्युटबाट हटाएको छ । भदौ २३ गते बसेको जिल्ला कमिटि बैठकले सो निर्णय गरेको एमाले स्याङ्जाका अध्यक्ष गैरेले संसारन्युजलाई बताए ।

पार्टीको बैठकले भदौ २७ मा पालिका स्तरिय कमिटिको बैठक, भदौ ३० गते जिल्ला भेला, असोज २ गतेदेखि ११ गतेसम्म पालिका स्तरिय कमिटिको भेला र असोज मसान्तसम्म वार्ड स्तरीय भेला गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टी सदस्यताको नविकरण असोज १५ सम्म गरिसक्ने निर्णय भएको अध्यक्ष गैरेले बताए ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:२९ मा प्रकाशित

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...