२४ भदौँ, काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि ले आउँदै गरेको दशैँलाई लक्षित गरेर ग्राहकहरुको माझ ‘हात खाली नजाने अफर’ ल्याएको छ ।
यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले चार पटकसम्म आकर्षक उपहारहरू प्राप्त गर्न सक्छन् । जस अनुसार टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ्ग मेसिन, एसी, ल्यापटप, स्मार्ट टि।भी, स्मार्ट फोन, ट्यावलेट, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन ।
यसका साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।
अहिलेको प्रतिकुल परिस्थितिमा आएको बडा दशैंमा ग्राहकहरुलाई केहि खुसी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको सिप्रदी ले जनाएको छ । यो योजना भाद्र २५ गतेबाट असोज १४ गतेसम्म लागू हुनेछ ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १४:३८ मा प्रकाशित






























