२५ भदौँ, काठमाडौँ । साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतार एअरवेज मार्फत कतार प्रस्थान गरेको छ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने गत सोमबार नै कतार गएका थिए ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसीपकाे थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स प्रस्थान गर्ने छ । १३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:५३ मा प्रकाशित


























