भदौ २५, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ गर्नासाथ एमालेका सांसदले नाराबाजी शुरु गरेका हुन् ।
एमालेले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाईरहेका छन् ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:३० मा प्रकाशित






























