back

जमिन भास्सिदा ६६ घर उच्च जोखिममा

वि.सं.२०७८ भदौ २५ शुक्रवार

138 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner


२५ भदौ, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भास्सिदा ६६ घर उच्च जोखिममा परेका छन् ।

घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन् । स्थानीयवासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन् ।

उनका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ । विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ ।

तेलेसोङ खोला ठाउँठाउँमा सुरुङका रुपमा बग्ने गरेकाले जमिन भास्सिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामाग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिइन् ।
रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...