back
CTIZAN AD

‘वीर अस्पतालको विस्तारित परियोजना’

वि.सं.२०७८ भदौ २५ शुक्रवार

816 

shares


२५ भदौ, काठमाडौँ । भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ ।

वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।

उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । 

साधारण एक्स–रे, भिडियो एक्स–रे र परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याइनेछ”, उनले भने । वीर अस्पतालले तीन वर्षअघि दुवाकोटस्थित परियोजनामार्फत् सेवा दिँदै आएको छ ।

अहिले दैनिक ३०–४० बिरामी नियमितरुपमा उपचार गर्न त्यहाँ जाने गरेका छन् । पाँच सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पताललाई सरकारले यसै आर्थिक वर्षदेखि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन बजेट विनियोजन गरेको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा दुवाकोट अस्पताललाई समेटी चालु आवमा विस्तृत परियोजन प्रतिवेदन तयार गरी अर्को आवदेखि भवन निर्माण थालिने मिश्रले बताए । “अब सबै काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्छ”, उनले भने । मन्त्रालयले चाँडै नै आयोजना प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

वीर अस्पतालमा अहिले पुरानो भवनमा चार सय ६० र नयाँमा पाँच सय शय्या सञ्चालनमा छ । नयाँ सर्जिकल भवनलाई सरकारले कोरोना भाइरसबाट सङ्क्रमतिको उपचारका लागि ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’मा परिणत गरेको छ । 

रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:१० मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...