२८ भदौँ, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल ओमान र अमेरिकाबिचको त्रिकोणात्मक श्रृखला आजबाट सुरु हुदैँछ । आजबाट सुरु हुन गईरहेको श्रृखलाको पहिलो खेलमा नेपालले टस हारेर अमेरिका विरुद्ध पहिले बलिङ्ग गर्ने भएको छ ।
नेपालले पपुवा न्यूगिनी विरुद्धकाे दोस्रो एकदिवसीय खेलेका खेलाडीलाई नै निरन्तरता दिएको छ । यी दुई टिमबीचको खेल नेपाली समय अनुसार ४ः१५ बजेदेखि सुरू हुँदैछ ।
नेपालको प्लेइङ्ग-११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, कुशल मल्ल, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, सुशान भारी, सन्दीप लामिछाने, विक्रम शोब ।
वि.सं.२०७८ भदौ २८ सोमवार १०:१९ मा प्रकाशित

























