back
CTIZAN AD

नेप्सेमा झिनो अकंको सुधार

वि.सं.२०७८ भदौ २८ सोमवार

630 

shares

२८ भदौँ, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । आज नेप्से परिसूचक ० दशमलव २७ अकंले बढेर समग्र परिसूचक २९४७ दशमलव ६९ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ० दशमलव ५५ अकंले बढेर ५४८ दशमलब ८७ अकंमा पुगेको छ ।

कूल २२६ कम्पनीको १ करोड ६६ लाख ८१ हजार १८४ कित्ता शेयर रु ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रापावर, युनाईटेड मोदी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, नविल बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रापावर, युनाईटेड मोदी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, रैराङ् हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्से झिनो अङ्कले बढ्दा पनि अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाईफ इन्स्योरेन्स, युनाइटेड इदी मर्दी लगायतका कम्पनीका लगानीकर्ताहरु कमाउने परेका छन भने कालिका पावर, रैराङ् हाईड्रोपावर, ग्रिन लाईफ हाईड्रोपावुर, यनिभर्सल पावर, माउन्टेन इनर्जी लगायतका कम्पनीमा लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ७६ कम्पनी लागनीकर्ताले कमाउदाँ १०२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सेयर मूल्यमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ भदौ २८ सोमवार ०९:५४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...