back
CTIZAN AD

एकमहिना नपुग्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद धरापमा

वि.सं.२०७८ भदौ २८ सोमवार

702 

shares

विराटनगर । केही दिनअघि मात्र प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यको पद धरापमा परेको छ ।

प्रदेश १ का नेकपा (एकीकृत समाजवादी)का १० जना प्रदेश सांसदहरुले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई विश्वास नरहेको निवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराएसँगै मुख्यमन्त्रीको पद धरापमा परेको हो ।

सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरेकी हुन् । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ । प्रदेशसभाका सचिव पराजुलीले एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराइएको बताए । उनले यस सम्बन्धमा नेपालको संविधान, प्रदेशसभा नियमावली र प्रचलित कानूनअनुसार अगाडि बढ्ने जानकारी दिए।

प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमति पुग्ने बताइन् । उनले एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्ने गरिने बताइन् ।

नेकपा एमालेका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले भने नेकपा एस बारे सर्वोच्च अदालतमा मुद्दा परेको र पार्टी रहने नरहने बारे टुङ्गो नलागेकोले प्रदेश सभा सचिवालयमा दर्ता गराएको पत्रको औचित्य नभएको बताए । उनले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्बन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी दिए ।

यसअघि आजै एकीकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको थियो । प्रदेश १ को ९२ सदस्यीय प्रदेश सभामा ५१ जना नेकपा एमालेका सांसदहरु रहेकोमा नेकपा एसमा १० जना सांसदहरु प्रवेश गरेका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ ।

बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीमप्रसाद आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ । गठबन्धन दलहरु बीच अबको सरकारको नेतृत्व कस्ले गर्ने भन्ने निर्णय भै नसकेपनि बाग्मती र प्रदेश १ मा माधव नेपाल समूहको नेकपा(एकीकृत समाजवादी)ले दाबी गर्दै आएको छ । आचार्यले विश्वासको मत लिन नसके एकीकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेता राजेन्द्र राई मुख्यमन्त्री हुनेछन् ।

को हुन् प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य

वि.सं.२०७८ भदौ २८ सोमवार १५:१५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...