back
CTIZAN AD

नेकपा (एकिकृत समाजवादी) युकेको अध्यक्षमा कृष्ण तिवारी

वि.सं.२०७८ भदौ २९ मंगलवार

672 

shares

२९ भदौ, युके । नेकपा (एकिकृत समाजवादी) ओएनयूएफ युकेले कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ ।

प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षता तथा संघका पदाधिकारीहरुको सेप्टेम्बर १२ मा सम्पन्न बैठकले प्रवासी नेपाली मञ्च विधिवत विघटन गरि माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी यूके गठन गरेको हो ।

उक्त कमिटीको वरिष्ठ उपाध्यक्षमा उमेशराज मोक्तान, उपाध्यक्ष सुशीला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा र सदस्यहरूमा एस के गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ, आयुष गुरुङ, नवीन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, शुशी गुरुङ, दिपेन्द्र अधिकारी, अभिषेक कटुवाल, नोर्वु शेर्पा निर्विरोध चयन भएका छन् ।

त्यस्तै प्रवासी नेपाली मञ्चका निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी बराललाई समितिको सल्लाहकार चयन गरिएको छ भने आगामी दिनमा कमिटीमा पदाधिकारी र सल्लाहकारहरु चयन गर्दै जाने नवगठित कमिटीका अध्यक्ष तिवारीले जानकारी दिएका छन् ।

नवगठित कमिटीका पदाधिकारीहरूलाई प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख श्रीप्रसाद शाहले पार्टीको विधान अनुसार ‘भर्चुअल’ शपथ ग्रहण गराएका थिए ।

शाहले कमिटीलाई बधाई दिंदै पार्टीको विधि विधान, पद्धति र मान्यतालाई साथ दिंदै मन, वचन र कर्मले राष्ट्र, जनता र पार्टीप्रति बफादार हुँदै प्रवासमा रहेका सबै नेपालीहरुसँग हातेमालो गर्दै कमिटी विस्तार गर्न आग्रह गरेका थिए ।

भर्चुअलमाध्यमबाट उपस्थित विशेष अतिथि युरोप सचिव सुभाष पोखरेल र प्रत्यक्ष उपस्थित अतिथि प्रदेश नम्बर १ सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रप्य सदस्य सुष्मा राईले पनि कमिटीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०४:०२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...