back
CTIZAN AD

नेपालले आज ओमानको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ भदौ २९ मंगलवार

672 

shares

२९ भदौँ, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल आजको ओमान विरुद्धको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

सन् २०२० फेब्रुअरीमा नेपालमै भएको लिग २ को दुवै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । टीयू मैदान ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग-२ को अंक तालिकामा ओमान १० खेलबाट १६ अंक जोड्र्दै शिर्ष स्थानमा रहेको छ भने नेपाल ५ खेलबाट ६ अकं जोड्र्दै अकं तालिकाको छैठौँ स्थानमा रहेको छ ।

अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको नेपाली टिमले आजको खेलमा आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमान बिचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग-११
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, कुशल मल्ल, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, सुशान भारी, सन्दीप लामिछाने, विक्रम शोब ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०४:५७ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...