back
CTIZAN AD

माधव प्रसाद वाग्लेको नेतृत्वमा चितवन सेवा समाज माल्टा गठन

वि.सं.२०७८ भदौ २९ मंगलवार

1K 

shares

२९ भदौ, माल्टा । वैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका चिवनवासीहरूको भेलाले चितवन सेवा समाज माल्टा समन्वय समीती गठन गरेको छ।

माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आवद्ध हुनुभएका चितवनवासी दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले उक्त समिति गठन गरेको हो।

माधव प्रसाद वाग्लेको अध्यक्षतामा गठन भएको चितवन सेवा समाज माल्टाको उपाध्यक्षमा सुनिता शर्मा त्यस्तै महासचिव वलराम सापकोटा, सचिव लोमस श्रेष्ठ, कोषाध्यक्ष दधिराम शर्मा रहेका छन् ।

त्यस्तै समाजको सदस्यहरु, दिवश तामाङ्ग, निम थनेत, अनुष्का कडेल, सुजन थापा, रामचन्द्र सापकोटा, खेम राज खरेल र खेलकुद संयोजक आकास गुरुङ्ग चयन भएका छन् भने समाजको सल्लाहकारहरुमा मनिस अर्याल, प्रकास वाग्ले अन्जु खत्री चयन हुनु भएका छन् ।
माल्टामा झण्डै २ हजारको हाराहारीमा नेपलीहरु रहेका छन् ।

माल्टामास्थापित भै प्रबासमा रहेका चितउनेहरु बिच समन्य गर्दै आपसी सहायोग र भैपरि आउने समस्या समधानको एकजुट हुने गरेका छन्। यो अभियान समग्र चितवन अनि संसारभर रहेका चितउनेहरुको लागि कोसे ढुंगा साबित हुने समन्य समिति स्थापना पहल गरेका चितवन सेवा समाज अन्तराष्ट्रिय समन्य समितिका सद्बभावना दुत सोम सापकोटाले बताउँछन् ।

यो अभियानले प्रबासमा रहेका नेपालीहरुलाइ सहयोग साथै चितवन लगायत नेपलामा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०४:३० मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...