back
CTIZAN AD

माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरेसम्म एमालेले संसद चल्न नदिने

वि.सं.२०७८ भदौ २९ मंगलवार

606 

shares

भदौ २९, काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना टाँस नगरेसम्म संसद चल्न नदिने भएको छ । एमालेले मंगलबारका लागि बोलाइएको संसद बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ ।

सांसद खगराज अधिकारीका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना निःशर्त टाँस्नुपर्छ । संसदलाई सहज रुपमा सञ्चालन गर्न आफुँहरु इच्छुक रहेको भन्दै उनले सभामुखले नियमअनुसारका काम नगरेसम्म आफुँहरुले विरोध जारी राख्ने बताए ।

‘हामी सहज रुपमा बैठक चलोस् भन्ने चाहन्छौं, एमालेले संसद बैठक सञ्चालन हुन नदिन अवरोध गर्यो भन्ने भ्रम फैलाइएको छ’, अधिकारीले भनेका छन्, ‘सभामुख सापकोटाले नियमअनुसार कारबाही गर्नुभएन, उहाँहरु नै संसद सञ्चालनमा इच्छुक देखिनुहुन्न, उहाँले नियमअनुसार काम नगरेपछि विरोध गर्नु हाम्रो दायित्व हो ।’

उनका अनुसार सभामुख सापकोटाले आफुँलाई सच्याएर नियमअनुसार सूचना टाँस नगरेसम्म एमालेले विरोध कायम राख्नेछ । त्यो निर्विकल्प भएको पनि उनले बताए ।

गत बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तर अवरोधका कारण सञ्चालन हुन सकेको छैन् । संसद बैठक निरन्तर अवरोध भएसँगै सोमबार सभामुखले सर्वदलीय बैठक बोलाएका थिए । तर, एमालेकै अनुपस्थितिका कारण सोमबार बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बन्न पुगेको थियो ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०७:०७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...