back
CTIZAN AD

टेलिकमले आजदेखि ‘नमस्ते-पे’ सेवा सञ्चालनमा ल्याउदैँ

वि.सं.२०७८ भदौ २९ मंगलवार

570 

shares

२९ भदौँ, काठमाडौँ । नेपाल टेलिकमले आजदेखि ‘नमस्ते-पे’ मोबाइल वालेट सञ्चालनमा ल्याउदैँ छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा आजदेखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गर्न लागिएको हो ।

यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो । लामो समयको तयारी पछि आज ‘नमस्ते पे’ सार्वजनिक गरिन लागिएको हो ।

योसँगै नेपाल टेलिकम पनि डिजिटल पेमेन्ट सेवामा औपचारीक रुपमा प्रवेश गरेको छ । सञ्चालनमा आउन लागेको डिजिटल पेमेन्ट कम्पनी ‘नमस्ते पे’ मा नेपाल टेलिकमको ६२ प्रतिशत र वाणिज्य बैंकका ३८ प्रतिशत संयुक्त लगानी रहेको छ ।

दुई कम्पनीको लगानीमा आउन लागेकाे मोबाइल मनिको सबैभन्दा पहिलो अकर्षणको विषय अनलाइन र अफलाइन कारोबार रहेकाे छ । टेलिकमले ल्याउन लागेको मोबाइल मनिमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिनेछ ।

त्यस्तै, मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ । उक्त मोबाइल मनि सेवा ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमले जनाएको छ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् । सुरुमा कारोबार गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता भएका ग्राहकले मात्रै बैंकसँग भएको रकमबाट कारोबार गर्न पाउने बताइएको छ । पछि उक्त सेवा अन्य बैंक वित्तीय संस्थामा बैंक खाता भएका ग्राहकको लागि पनि विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

 

वि.सं.२०७८ भदौ २९ मंगलवार ०६:५३ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...