२९ भदौ, बारा । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतो र सुदुरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी चयन गरिएका छन् ।
सोमबार बसेको दुवै प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतो र सोडारीलाई सर्वसम्मत चयन गरेको हो ।
प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । उनी नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।
त्यस्तै सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। दलको सोमबार बसेको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो।
वि.सं.२०७८ भदौ २९ मंगलवार १३:१९ मा प्रकाशित






























