back
CTIZAN AD

नेपाल ओमानसँग ५ विकेटले पराजित, जतिन्दर सिंहले जडे सतक

वि.सं.२०७८ भदौ ३० बुधवार

582 

shares

३० भदौँ, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खला अन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य गरेको नेपाली टिम ४७.४ ओभरमा १८६ रन बनाएर अलआउट हुन पुगेको थियो । नेपालका लागि ब्याटिङ्गमा आशिफ शेखले सर्वाधिक ९० रनको पारी खेलेका थिए । त्यसैगरी ज्ञानेन्द्र मल्ल २१, रोहित कुमार पौडेल २०, करण केसी २१ र सन्दिप लामिछाने १६ रन बनाएर आउट भएका थिए । नेपालका अरु ब्याट्सम्यानले् भने दोहोरो अकंमा रन जोड्न सकेनन् । ओमानका लागि बलिङ्ग तर्फ विलाल खानले उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ४ विकेट लिएका थिए ।

नेपालले दिएको १९७ रनको लक्ष्य ओमनाले ३१.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । ओमनाका जतिन्दर सिंहले ६२ बलमा १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसक्रममा उनले १२ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यसैगरी मोहमद नदिमले अविजित ३८, सुरज कुमारले २० र आयन खानले १८ रनको योगदान दिएका थिए । नेपालका लागि बलिङ्गमा कुशल मल्ल र करण केसीले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ । ओमान ११ खेलमा नौमा जित तथा दुईमा हारका साथ १८ अङ्कसहित शीर्षस्थानमा छ । नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

आइसिसी विश्वकप लिग–२ खेलिरहेको अमेरिका १३ खेलमा छ मा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अङ्कसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो, युनाइटेड अरब इमिरेटस्
९युएई० सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजयका साथ अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार ०२:५९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...