back
CTIZAN AD

स्वास्थ्यचौकीका लागि निःशुल्क जग्गा प्रदान

वि.सं.२०७३ फागुन १६ सोमवार

783 

shares

१६ फागुन, खोटाङ  । स्वास्थ्यचौकी भवन निर्माणका लागि खार्मीका स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

खार्मी–८ का पदमबहादुर तामाङले चार रोपनी १३ आना र रत्नकुमार उदासले तीन आना जग्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क प्रदान गरेका हुन् ।

जग्गादाता तामाङ र उदासले आइतबार सदरमुकाम दिक्तेल आएर जिल्ला मालपोत कार्यालयमार्फत स्वास्थ्यचौकीको नाममा रजिस्ट्रेसन पास गरिदिनुभएको गाविस सचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । जग्गा अभावमा भवन निर्माण गर्न नसकिरहेको अवस्थामा स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि यसै वर्ष नयाँ भवन निर्माण गरिने स्वास्थ्यचौकीले जनाएको छ ।

भर्खरै प्रसूति सेवा समेत सुरु गरिएको स्वास्थ्यचौकीमा भवन नहुँदा दैनिक कामकाज गर्न समस्या रहेको छ । प्रसूति सेवा सुरु गरेसँगै स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएको स्वास्थ्यचौकी प्रमुख नवीन लामिछानेले बताउनुभयो ।

वि.सं.२०७३ फागुन १६ सोमवार ०३:५५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...