Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

विवाहले वंश जन्माउछ वंशले युद्ध जन्माउछ



20170223_152247

“बडा हजुर जो रोटी तुम्रो कुकुर
नमिठो नमिठो मानी ¥याल नचुहाएरै खान्छ
त्यो रोटी
मेरो छोरो मिठो मानेर
¥याल चुहाएरै खान्छु भने पनि पाउँदैन
बडा हजुर यो देशको नागरिक मेरो छोरो कि तुम्रो कुकुर  ?”

यिनै कविताका हरफहरुले भन्छ  निभा शाह आगो ओकल्ने कवि हुन् । अछामी शाह खानदानमा जन्मेकी निभालाई न त कुनै कुराको अभाव थियो न त दुःख नै । बाबु सरकारी मास्टर । उतिबेला पनि १० कक्षा पास गरेकी शिक्षित आमा, एक दाजु सहितको सानो र सुखी परिवार ।
आइए सम्मको पढाई लखनउमा सिध्याएर स्नातक पढ्न दिल्ली पुगेकी निभाले साउथ डेली पोलिटेक्निक कलेजमा मिडिया कम्युनिकेशन विषयमा भर्ना गरीन् । भारतीयका धनी बाबुका छोरीहरु पढ्ने त्यो कलेजमा नेपालकी खानदानी बाबुकी छोरी निभा पनि सहभागी भइन  । त्यत्तिबेला सम्म उनलाई राजनीतिको विषयमा थाहै थिएन । पढ्नु पर्छ परीक्षामा राम्रो अंक ल्याएर पास गर्नुपर्छ भन्ने मात्र उनको ध्यान थियो । तर पछि उनी एक्काशी राजनीति तिर उन्मुख भइन । अहिले उनी माओवादी निकट संगठनमा काम गर्छिन् । कांग्रेसी बाबुकी छोरी कसरी कम्युनिष्ट बनिन् ? यसै विषयमा केन्द्रित रहेर संसार न्युजका लागि संगीत पनेरुले गरेको कुराकानी:

म्याक्सीम गोर्कीको ‘आमा’ले मलाई कम्युनिष्ट बनायो
जव म साउथ डेली पोलिटेक्निक कलेजमा स्नातक पढ्दै थिएँ । त्यत्तिबेला एमाले निकट विद्यार्थी संगठनका साथीहरुबाट मैले म्याक्सीम गोर्कीको उपन्यास ‘आमा’ पढ्ने मौका पाएँ । सानै देखि कवितामा रुची राख्ने मलाई उपन्यासले झन् साहित्यमा प्रभावित बनायो । म यति प्रभावित भएँ कि त्यसले मलाई कम्युनिष्ट मात्र बनाएन  कवि पनि बनायो ।

महाकाली सन्धीपछि एमाले छोडें
एमाले समर्थित साथीहरुले त्यत्ति राम्रो पुस्तक पढ्न दिएको हुनाले म एमाले प्रति आकर्षित बने । त्यत्तिबेला मैले एमाले बन्ने सोेंच बनाइसकेको थिएँ । पछि स्नातक सकाएर जव म अछाम फर्किंए त्यहाँ मैले एक वर्ष पढाएँ ।  त्यत्तिबेला सम्म म एमाले नै थिएँ । जव एमालेले महाकाली सन्धी ग¥यो त्यसपछि मलाई लाग्यो यस्ता राष्ट्रघाती काम गर्ने पार्टीमा बसेर कम्युनिष्ट बन्नु छैन ।

जनादेशमा लेख्न थाले
म नेपाल फर्किएलगत्तै जनादेश, दिशाबोध, जनआवाज लगायतका पत्रिकामा लेखहरु लेख्थें । त्यत्तिबेला कम्युनिष्ट त्यसमा पनि माओवादीको विषयमा लेख्ने कोही महिला थिएनन् । यो २०५७ सालतिरको कुरा हो । त्यत्तिबेला माओवादीको विषयमा लेख्नेहरुलाई सरकारले गिरफ्तार गथ्र्याे । मलाई पनि काठमाण्डौंमा बस्न गाह्रो हुने भएपछि म भारत पुगेँ । त्यहाँ पनि म सुरक्षित हुन सकिन । त्यसपछि राम कार्की र महेश्वर दाहालसँगै पक्राउ परें । त्यहाँ पक्राउ परेसँगै हामीलाई काठमाण्डौंको भद्रकालीको बन्दीगृहमा राखियो ।

जेलबाट छुटेपछि माओवादीमै भुमिगत
जेलबाट छुटेपछि म माओवादी युद्धमै समाहित भएँ । देशमा लोकतन्त्र गणतन्त्र आयो । पार्टी सरकारमा गयो । तर जुन उदेश्य लिएर युद्ध सुरु भएको थियो । त्यो अनुसार पार्टी अगाडी बढ्न सकेन । त्यसपछि नेतृत्वको आलोचना हुन थाल्यो । केही असन्तुष्टहरु पार्टीबाट अलग्गिए । मलाई पनि प्रचण्ड विचारधारामा रहन मन लागेन र लागे विप्लव नेतृत्वको  माओवादीमा ।

परिवारबाट एक्लै
म अहिले परिवारबाट एक्लै छु । बुबाआमा र दाजु सँगै हुनुहुन्छ यही काठमाण्डौंमा  ।  म भने एक्लै कोठा लिएर बसेको छु । मेरो परिवारका अरु सदस्य सबै कांगे्रस, म माओवादी । म सँग माओवादीका साथीहरु आइहरने हुनाले म परिवार सँग बस्न सकिन । दाई विजनेस हुनुहुन्छ  । उहाँहरुको र मेरो विचार नै फरक फरक छ ।

विवाहले बधुवा बनाउछ
मलाई लाग्छ विवाह बन्धन हो । यसले बधुवा बनाउँछ । यदि मैले विवाह गरेको भए म  अहिले निभा शाह नै हुन्थेन होला । मलाई त लाग्छ वैवाहिक संस्था बच्चा जन्माउने अखडा हो  । विवाहले वंश जन्माउछ वंशले युद्ध जन्माउछ । त्यसैले युद्ध जन्माउने वंशको पक्षमा म नभएको कारण विवाह गरीन ।

आमा बन्न विवाह नै गर्नुपर्छ ?
के एउटी महिलाले आमा बन्न विवाह नै गर्नुपर्छ ? मलाई यस्तो लाग्दैन । एउटी महिला यदि आमा बन्न चाहन्छे भने उसले विवाह विनै आमा बन्न पाउनुपर्छ भन्ने मेरो माग हो । आजभोली प्रेमलाई सम्भोगसँग तुलना गरिन्छ । तर यो कदापी होइन । सम्भोग र प्रेममा धेरै फरक छ । त्यसैले त मैले कविता लेखेको छु
“मनु प्रेम र सम्भोग एउटै हुने भए
सबै  वेश्यालय प्रेमालयहरु हुन्थे ।”

सुख त मैले त्यागिसके अव के सुख खोज्ने ?
मलाई कुनै सुख सुविधा, ऐस आरामको जरुरी छैन । सुख त मैले त्यगिसकें । अव किन चाहियो सुख ? किन चाहियो पैसा ? यो जीन्दगी जसो गरे पनि चल्दो रहेछ । बाबुआमाको अथाह सम्पत्तिमा हुर्किएकी म सुख खोज्ने भए माओवादी नै बन्ने थिइन । मैले त दुःख रोजेको हुँ । सुख त सोच्दा पनि सोच्दिन जन्मँदै लिएर आएको सुख त्याग्ने मान्छेले अव कुन सुख खोज्ने ?
म पोखरी होइन नदी बन्न खोजें
मान्छेको जीवनलाई पोखरी बनाउने कि नदी बनाउने बन्ने कुरा स्वयं मान्छेमा भर पर्ने कुरा हो । मान्छे भएर जन्मिसकेपछि केही न केही नयाँ काम गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । यदि मान्छेले चाहने हो भने धेरै चिज छ यो दुनियाँमा ।

अवको बाटो साहित्य
मलाई लाग्छ म साहित्य लेख्दा लेख्दै मरुँ । अव राजनीतिमा पनि सक्रिय भएर लाग्ने मन छैन । किनभने सक्रिय राजनीतिले लेखनलाई प्रभावित पार्ने रहेछ । अहिले महिला थाह समुदायको  विषयमा केन्द्रित रहेर एउटा उपन्यास लेख्दैछु । सायद अर्का  वर्ष प्रकाशित हुन्छ होला । यो भन्दा अगाडी तीनवटा कविता सङ्ग्रह प्रकाशित भएका छन् । जुन इन्कलाव जिन्दावाद, कालापानीकी द्रौपदी र मनसरा । छिट्टै नै  अर्काे कविता आउँछ अव ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम